के साँच्चै अवैद्य सम्पत्ति जफत होला ? छानबिनको सूचीमा ज्ञानेन्द्र शाहदेखि बालेन्द्र शाहसम्मका झण्डै ३ हजार जना (मुख्य व्यक्तिहरुको नामावलीसहित)

Apr 17, 2026 05:27 AM Merolagani



सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन गर्न बुधबार उच्चस्तरीय आयोग गठन गरेपछि झण्डै ३ हजार जना राजनीतिक नेताको साथै वहालवाला र अवकास प्राप्त उच्च पदस्त व्यक्तिहरु तानिने भएका छन् ।

सरकारले उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्ने पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको हो । आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरू पुरुषोत्तम पराजुली र चण्डिराज ढकाल, साथै पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ ।

आयोगले काम शुरु गरिसकेको छैन । साथै अहिलेसम्म कुन–कुन पदमा बसेकाहरुको सम्पत्ति कसरी छानबिन गरिनेछ भन्ने स्पष्ट कार्यदेश बनाइसकेको छैन । तर, उच्च पदस्तहरुको छानबिन गर्ने भनिएकोले कम्तिमा यो अवधिमा संघीय सरकारका प्रधानमन्त्री र मन्त्री भएकाहरु, सांसदहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, सर्वाेच्च अदालतका न्यायाधीशहरु, सुरक्षा अंगका प्रमुखहरु, संवैधानिक आयोगका प्रमुख आयुक्त र आयुक्तहरु, सरकारका मुख्य सचिव र सचिव, विभागका महानिर्देशक रहेकाहरुको सम्पत्ति छानबिन हुनेछ । त्यति गर्दा नै झण्डै १ हजार ५ सय जतिको सम्पत्ती छानबिन गर्नु पर्ने जानकारहरु बताउँछन् । राजदूत र सहसचिव तथा प्रदेश सांसदहरुको समेत सम्पत्ति छानबिन हुने हो भने त्यो संख्या २ हजार भन्दा धेरै पुग्छ ।

उच्च पदस्तहरुको सम्पत्ति छानबिन भनिए पनि सुब्बा, खरदारलगायत सरकारको तल्लो तहमा रहेका कतिपय कर्मचारीहरु र कतिपय नेताहरुका पिएहरुसमेत भ्रष्टाचारमा संलग्न रहेका समाचार बेला बेलामा सार्वजनिक हुने गरेका छन् । तिनीहरुको समेत सम्पत्ति छानबिन हुने हो छानबिन गर्नु पर्नेहरुको संख्या ३ हजारभन्दा धेरै पुग्नेछ ।

त्यति वृहतरुपमा सम्पत्ति छानबिन भएर भ्रष्टाचार गरि कमाएको सम्पत्ति जफ्त गर्न सरकारले सक्ला ? यो भने यसैभन्न सकिन्न । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला पूर्वन्यायाधीश भैरबप्रसाद लम्सालको संयोजकत्वमा ०४६ पछिका उच्चपदस्थहरुको सम्पत्ति छानबीन गरिएको थियो । तर, लम्साल आयोगको प्रतिवेदन अहिलेसम्म गुपचुप राखिएको छ । अहिले गठन गरिएको आयोगको अवस्था पनि त्यस्तै हुने त होइन ? प्रश्न उठ्नु स्वभाविक हो ।

यदि सरकारले भनेझैं २०६२/६३ यता सार्वजनिक ओहोदामा बसेकाहरुको छानबिन हुने हो भने त्यसमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि बर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसम्मको सम्पत्ति छानबिन गर्नु पर्ने हुन्छ । किनकी २०६२ पछि ०६५ मा गणतन्त्र घोषणा नहुँदासम्म ज्ञानेन्द्र शाह नै राष्ट्र प्रमुखकोरुपमा रहेका थिए । त्यसपछि राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएपछि डा.रामवरण यादव, विद्या भण्डारी पछि तेस्रो राष्ट्रपतिको रुपमा अहिले रामचन्द्र पौडेल कार्यरत छन् ।

त्यस्तै तत्कालिन बडामहारानी कोमल, तत्कालिन युवराज पारस र युवराज्ञी हिमानीको साथै पहिलो उपराष्ट्रपति पूर्वउपराष्ट्रपति परमानन्द झा, दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुनदेखि तेस्रो तथा अहिलेका उपराष्ट्रपति राम सहाय यादवसम्मको सम्पत्ति छानविनको दायरामा पर्ने देखिन्छ ।

त्यस्तै त्यसयता गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्राई, खिलराज रेग्मी, शुसिल कोइराला, शेरबहादुर देउवा, केपी ओली, सुशीला कार्की र बालेन्द्र शाहले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गरेका छन् । यी सबैको सम्पत्ति छानबिन हुने लगभग निश्चित छ ।

रोचक त के छ भने रास्वपा नेतृत्वको सरकारले बनाएको उच्चस्तरीय आयोगले साँच्चै तठस्थरुपमा छानबिन गर्यो भने स्वयम् प्रधानमन्त्री बालेन्द्र शाहदेखि रास्वपा सभापति रवि लामिछाने, वर्तमान सभामुख डोलप्रसाद अर्याल, मन्त्री बिराजभक्त श्रेष्ठदेखि लिएर रास्वपा सांसद डा. तोसिमा कार्की, पूर्वमन्त्री सुमना श्रेष्ठसमेतको सम्पत्ति छानविनको दायरामा तानिने छन् । त्यसमध्ये लामिछाने र अर्यालको सम्पत्तीको बारेमा सार्वजनिकरुपमा प्रश्न उठ्दै आएको छ भने रास्वपाकै अन्य कतिपय नेताहरुको बारेमा पनि प्रश्न उठ्ने गरेको छ ।

भ्रष्टाचार भएको छ कि छैन भनेर सम्पत्तिको जाँचबुझ हुँदा मृत्यु भइसकेका व्यक्तिको हकमा तिनका सन्तानहरुको समेत सम्पत्ति जाँचबुझ हुने गर्दछ । त्यसर्थ, छानविनको दायरामा मृतकका परिवारहरुले समेत उन्मुक्ति पाउने देखिँदैन ।

जस्तो– रास्वपा सांसद एवं कोषाध्यक्ष लीमा अधिकारीको समेत सम्पत्ति छानविन हुने भएको छ । उनका पिता एवं एमाले स्व. भरतमोहन अधिकारी पटक पटक अर्थमन्त्री भएका थिए । पछिल्लो पटक उनी ०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनी चारपटकसम्म मन्त्री र उपप्रधानमन्त्रीसमेत बनेका थिए । अब उनको परिवारको सम्पत्ति छानबिन हुँदा छोरी लीमाको सम्पत्तिमाथि पनि जाँचबुझ हुने स्पष्ट छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भइसकेको छ । तर, उनका छोरा सुनीलबहादुर थापा यसवीचमा मन्त्री भइसकेकाले उनको परिवारको समेत सम्पत्ति छानविनको दायरामा आउने छ । पूर्व प्रधानमन्त्री लोकबहादुर चन्द ०६१ पछि प्रधानमन्त्री नभए पनि उनका छोरा जयन्त चन्द २०७३ सालमा केपी ओलीको पहिलो प्रधानमन्त्रित्व कालमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री भएका थिए । त्यहीकारण चन्द परिवार पनि छानबिनको दायरामा पर्नेछ ।

यसै सन्दर्भमा यहाँ ०६२ पछिका विभिन्न सरकारहरुमा कोको मन्त्री बनेका थिए भन्नेबारे प्रारम्भिक सूची प्रकाशित गरेका छौँ ।

आयोगले यदि निष्पक्षरुपमा सम्पत्ति जाँचबुझ गर्योह भने इमान्दार नेताहरुले यसलाई क्लिन चिट पाउने अवसरका रुपमा समेत सदुपयोग गर्न सक्ने छन् ।


०६२ देखि ०८२ सम्मका सरकारहरु–
२०६१ माघ १९ देखि २०६३ बैशाख १२ सम्म)

ज्ञानेन्द्र शाह-अध्यक्ष

डा. तुल्सी गिरी-उपाध्यक्ष भूमिसुधार तथा जलस्रोत

कीर्तिनिधि बिष्ट-उपाध्यक्ष भौतिक योजना तथा निर्माण

बद्रीप्रसाद मण्डल-मन्त्री कृषि तथा सहकारी

रमेशनाथ पाण्डे-परराष्ट्र मन्त्री

राधाकृष्ण मैनाली-शिक्षा खेलकुद मन्त्री

सलिम मियाँ अन्सारी-वन तथा भू संरक्षण मन्त्री

प्रकाश कोइराला-वातावरण विज्ञान तथा प्रविधि मन्त्री

कृष्णलाल थकाली-सामान्य प्रशासन मन्त्री

बुद्धिराज बज्राचार्य-संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री

दुर्गा श्रेष्ठ-महिला बालबालिका तथा समाजकल्याण मन्त्री

टंक ढकाल-सूचना तथा सञ्चार मन्त्री

दानबहादुर शाही-गृह मन्त्री

खड्गबहादुर जिसी-स्थानीय विकास मन्त्री

रामनारायण सिंह-श्रम तथा यातायात मन्त्री

मधुकर सम्शेर राणा-अर्थ मन्त्री

निरन्जन थापा-कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री

डा. रूप ज्योति-अर्थ सहायक मन्त्री

याङकिला शेर्पा-पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री

बिनोद कुमार शाह-जलस्रोत सहायक मन्त्री

छक्क बहादुर लामा-स्थानीय विकास सहायक मन्त्री

गोल्छे सार्की-श्रम तथा यातायात सहायक मन्त्री

जगत गौचन-भौतिक योजना तथा निर्माण सहायक मन्त्री

निक्ष सम्शेर राणा-स्वास्थ्य तथा जनसङ्ख्या सहायक मन्त्री

सिनेट श्रेष्ठ-शिक्षा तथा खेलकुद सहायक मन्त्री

गिरिजा प्रसाद कोइरालाको अन्तरिम सरकार २०६३

गिरिजा प्रसाद कोइराल- प्रधानमन्त्री, रक्षा

रामचन्द्र पौडेल-शान्ति तथा पुनर्निमाण

साहना प्रधान-परराष्ट्र

कृष्णबहादुर महरा-सूचना तथा सञ्चार

प्रदीप नेपाल-शिक्षा तथा खेलकूद

महन्थ ठाकुर-वातावरण तथा विज्ञान र प्रविधि

डा. रामशरण महत-अर्थ

नरेन्द्रविक्रम नेम्वाङ-कानुन, न्याय तथा संसदीय व्यवस्था

कृष्ण सिटौला-गृह

देव गुरुङ-वन तथा वातावरण/स्थानीय विकास मन्त्रालय

श्याम सुन्दर गुप्ता-उधोग वाणिज्य आपूर्ति मन्त्री

पृथ्वी सुब्बा गुरुङ-संस्कृति, पर्यटन तथा नगारिक उड्यान

छविलाल विक-कृषि तथा सहकारी

हिसिला यमी-भौतिक योजना तथा निर्माण मन्त्रालय

जगत बोगटी-भूमिसुधार तथा व्यवस्था

गिरीराजमणि पोखरेल-स्वास्थ्य

खड्ग बहादुर विश्वकर्मा-महिला, बालबालिका र समाजकल्याण

पम्फा भुसाल-राज्यमन्त्री

रमेश लेखक-श्रम तथा यातायात राज्यमन्त्री

ज्ञानेन्द्र ब कार्की-जलस्रोत राज्यमन्त्री

रामचन्द्र यादव-समान्य प्रशासन राज्यमन्त्री

मोहनसिंह राठौर-शिक्षा र खेलकुद राज्यमन्त्री

इन्द्र ब गुरुङ-कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री

शशी श्रेष्ठ-स्वास्थ्य राज्यमन्त्री

पुष्पकमल दाहालको सरकार २०६५

पुष्पकमल दाहाल प्रचण्ड– प्रधानमन्त्री
वामदेव गौतम– उपप्रधानमन्त्री, गृह
बाबुराम भट्टराई– अर्थ
उपेन्द्र यादव– परराष्ट्र
रामबहादुर थापा– रक्षा
विजयकुमार गच्छदार– भौतिक योजना तथा निर्माण
विष्णुप्रसाद पौडेल– जलस्रोत
कृष्णबहादुर महरा– सूचना तथा सञ्चार
जयप्रकाश गुप्ता– कृषि तथा सहकारी
अष्टलक्ष्मी शाक्य– उद्योग
देव गुरुङ– कानुन, न्याय र संविधान सभा
राजेन्द्र महतो– वाणिज्य तथा आपूर्ति
मातृका यादव– भूमिसुधार तथा व्यवस्था
महेन्द्र पासवान–
गोपाल शाक्य – युवा तथा खेलकुद मन्त्री
पम्फा भुसाल– सामान्य प्रशासन
हिसिला यमी– पर्यटन तथा नागरिक उयन
गिरीराजमणि पोखरेल– स्वास्थ्य तथा जनसङ्ख्या
रेणुकुमारी– यादव शिक्षा
किरण गुरुङ– वन तथा भूसंरक्षण
जनार्दन शर्मा– शान्ति तथा पुनर्निर्माण
गोपाल किराती– संस्कृति तथा राज्य पुनर्संरचना
रामचन्द्र झा– स्थानीय विकास
लेखराज भट्ट– श्रम तथा यातायात
गणेश शाह– विज्ञान तथा प्रविधि
रामचरण चौधरी– महिला, बालबालिका तथा समाज कल्याण 

माधव कुमार नेपालको मन्त्रिपरिषद् २०६६

माधवकुमार नेपाल प्रधानमन्त्री
विजयकुमार गच्छदार उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण
सुजाता कोइराला उपप्रधानमन्त्री, परराष्ट्र
विद्यादेवी भण्डारी रक्षा
शरतसिंह भण्डारी पर्यटन तथा नागरिक उयन
भीमबहादुर रावल गृह
सर्वेन्द्रनाथ शुक्ला शिक्षा
राजेन्द्र महतो वाणिज्य तथा आपूर्ति
सुरेन्द्र पाण्डे अर्थ
प्रेमबहादुर सिंह कानुन तथा न्याय
प्रकाशशरण महत ऊर्जा
बालकृष्ण खाँण सिँचाई
शंकर पोखरेल सूचना तथा सञ्चार
डा. मिनेन्द्र रिजाल सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
रकम चेम्जोङ शान्ति तथा पूनर्निर्माण
पूर्णकुमार सेर्मा लिम्बु स्थानीय विकास
उमाकान्त चौधरी स्वास्थ्य तथा जनसङ्ख्या
मो। आफ्ताब आलम श्रम तथा यातायात
प्रभाकर प्रधानाङ्ग (रविन्द्र श्रेष्ठ) सामान्य प्रशासन
डम्बर श्रेष्ठ भूमीसुधार तथा व्यवस्था
दीपक बोहरा वन तथा भू संरक्षण
महेन्द्रप्रसाद यादव उद्योग
मृगेन्द्रकुमार सिंह यादव कृषि तथा सहकारी
गणेश तिवारी नेपाली युवा तथा खेलकुद
ठाकुरप्रसाद शर्मा वातावरण
लक्ष्मणलाल कर्ण विना विभागीय
सर्वदेवप्रसाद ओझा महिला, बालबालिका तथा समाजकल्याण
गणेशबहादुर खड्का स्थानीय विकास राज्यमन्त्री
डिल्लीबहादुर महत शान्ति तथा पुनर्निर्माण राज्यमन्त्री
जीतबहादुर दर्जी गौतम सामान्य प्रशासन राज्यमन्त्री
चन्द्रसिंह भट्टराई ऊर्जा राज्यमन्त्री
खड्गबहादुर बस्याल सार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
दानबहादुर कुर्मी चौधरी उद्योग राज्यमन्त्री
मानबहादुर शाही भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
इन्द्रप्रसाद ढुङ्गेल विज्ञान तथा प्रविधि राज्यमन्त्री
सञ्जयकुमार शाह भौतिक योजना तथा निर्माण राज्यमन्त्री
रामबच्चन अहिर यादव महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री
करिमा वेगम कृषि तथा सहकारी राज्यमन्त्री
शत्रुघप्रसाद सिंह कोइरी पर्यटन तथा नागरिक उयन राज्यमन्त्री
सरोजकुमार यादव वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
गोविन्द चौधरी शिक्षा राज्यमन्त्री
कलावतीदेवी दुसाध भौतिक योजना तथा निर्माण सहायक मन्त्री
चन्दा चौधरी युवा तथा खेलकुद सहायक मन्त्री

झलनाथ खनालको मन्त्रिपरिषद २०६७

झलनाथ खनाल प्रधानमन्त्री
भरतमोहन अधिकारी– उप प्रधानमन्त्री, अर्थ
गङ्गालाल तुलाधर शिक्षा, विज्ञान तथा प्रविधि
विष्णु पौडेल रक्षा
कृष्णबहादुर महरा उपप्रधानमन्त्री, सूचना तथा सञ्चार
भरतमोहन अधिकारी– उप प्रधानमन्त्री, अर्थ
टोपबहादुर रायमाझी भौतिक योजना
वर्षमान पुन शान्ति तथा पुनर्निर्माण
खड्गबहादुर विश्वकर्मा पर्यटन
उपेन्द्र यादव परराष्ट्र
अग्निप्रसाद सापकोटा सूचना तथा सञ्चार
शक्तिवहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या
उर्मिला अर्याल स्थानीय विकास
रघुवीर महासेठ सिँचाई
गोकर्ण विष्ट ऊर्जा
भानुभक्त जोशी वन तथा भू संरक्षण
घनश्याम भुसाल– कृषि
युवराज कार्की सामान्य प्रशासन
विश्वनाथ शाह शान्ति तथा पुनर्निर्माण
जयपुरी घर्ती महिला, बालबालिका तथा समाजकल्याण
रामचरण चौधरी भूमिसुधार तथा व्यवस्था
महेन्द्र पासवान उद्योग
प्रभु साह कानुन तथा न्याय
हितवहादुर तामाङ युवा तथा खेलकुद
हरिनारायण यादव कृषि तथा सहकारी
मोहम्मद इस्तियाक राई श्रम तथा यातायात
सुनीलकुमार मानन्धर वातावरण
खगेन्द्रप्रसाद प्रसाई सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
शत्रुघन महतो स्थानीय विकास राज्यमन्त्री
दलवहादुर सुनार सिँचाई राज्यमन्त्री
रामजी शर्मा ऊर्जा राज्यमन्त्री
डम्वर साम्वाहाम्फे सामान्य प्रशासन राज्यमन्त्री
भगवती चौधरी वन तथा भू संरक्षण राज्यमन्त्री
हकिकुल्लाह खाँ भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
देवी खड्का भौतिक योजना तथा निर्माण राज्यमन्त्री
धर्मशिला चापागाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
ध्रुव आङदाम्बे लिम्वु पर्यटन तथा नागरिक उयन राज्यमन्त्री
नन्दनकुमार दत्त कृषि तथा सहकारी

डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद २०६८

डा. बाबुराम भट्टराई प्रधानमन्त्री
विजयकुमार गच्छदार उपप्रधानमन्त्री, गृह र रक्षा
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री, परराष्ट्र
जयप्रकाशप्रसाद गुप्ता सूचना तथा सञ्चार
हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण
पोष्टबहादुर बोगटी ऊर्जा
टोपबहादुर रायमाझी स्थानीय विकास
राजेन्द्र महतो स्वास्थ्य तथा जनसङ्ख्या
वर्षमान पुन अर्थ
दीनानाथ शर्मा शिक्षा
महेन्द्रप्रसाद यादव सिंचाई
लोकेन्द्र विष्ट मगर पर्यटन तथा नागरिक उयन
गोपाल किराती सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
लेखराज भट्ट वाणिज्य तथा आपूर्ति
भीमप्रसाद गौतम भूमिसुधार
रामकुमार यादव सामान्य प्रशासन
अनिलकुमार झा उद्योग
वृजेशकुमार गुप्ता कानुन तथा न्याय
हेमराज तातेड वातावरण
नन्दन कुमार दत्त कृषि तथा सहकारी
कमला रोका युवा तथा खेलकुद
मुहम्मद वकील मुसलमान वन तथा भू संरक्षण
दानबहादुर कुर्मी चौधरी महिला, बालबालिका तथा समाजकल्याण
सरिता गिरी श्रम तथा यातायात व्यवस्था
कल्पना धमला विज्ञान तथा प्रविधि
सत्या पहाडी शान्ति तथा पुनर्निर्माण
राजकिशोर यादव सूचना तथा सञ्चार
चन्द्रदेव जोशी भूमिसुधार तथा व्यवस्था
डा. केशवमान शाक्य वातावरण, विज्ञान तथा प्रविधि
एकनाथ ढकाल सहकारी तथा गरिवी निवारण
कुमार बेल्बासे श्रम तथा रोजगार
यदुवंश झा वन तथा भू संरक्षण
बद्रीप्रसाद न्यौपाने महिला, बालबालिका तथा समाजकल्याण
खोभारी राय उद्योग राज्यमन्त्री
रामबच्चन अहिर रक्षा राज्यमन्त्री
सरोजकुमार यादव स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
दिलीप महर्जन पर्यटन तथा नागरिक उयन राज्यमन्त्री
विष्णुप्रसाद चौधरी वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
सूर्यमान दोङ ऊर्जा राज्यमन्त्री
लीला भण्डारी शिक्षा राज्यमन्त्री
गोपी आछामी युवा तथा खेलकुद राज्यमन्त्री
घनश्याम यादव स्थानीय विकास राज्यमन्त्री
ज्वाला साह भूमिसुधार राज्यमन्त्री
सुषमा शर्मा – सङ्घीय मामिला राज्यमन्त्री
हरिराज लिम्बु – अर्थ राज्यमन्त्री
सुनिताकुमारी महतो सामान्य प्रशासन राज्यमन्त्री
भीमराज चौधरी राजबंशी गृह राज्यमन्त्री
लक्ष्मण महतो वन तथा भू–संरक्षण राज्यमन्त्री
दुर्गादेवी महतो  वातावरण राज्यमन्त्री
काशी देवी झा कानुन तथा न्याय राज्यमन्त्री
ईश्वर दयाल मिश्र भौतिक योजना तथा निर्माण राज्यमन्त्री
अरविन्द साह महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री
रमणी राम– सिँचाई राज्यमन्त्री
सुरीताकुमारी साह सूचना तथा सञ्चार राज्यमन्त्री
ओमप्रकाश यादव कृषि तथा सहकारी राज्यमन्त्री 

खिलराज रेग्मीको मन्त्रिपरिषद् २०६९

खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष, रक्षा, सहकारी तथा गरीबी निवारण
माधवप्रसाद घिमिरे गृह र परराष्ट्र
हरिप्रसाद न्यौपाने कानुन, श्रम तथा रोजगार
ऋद्धिबाबा प्रधान महिला, र भूमिसुधार
विद्याधर मल्लिक सङ्घीय मामिला, स्थानीय विकास र स्वास्थ्य
माधवप्रसाद पौडेल सामान्य प्रशासन, सञ्चार र शिक्षा
शंकरप्रसाद कोइराला अर्थ र उद्योग
छविराज पन्त भौतिक प”र्वाधार तथा यातायात र सहरी विकास
टेकबहादुर थापा (घर्ती) कृषि विकास र वन तथा भू संरक्षण
रामकुमार श्रेष्ठ युवा तथा खेलकुद, शान्ति र पर्यटन
उमाकान्त झा – उर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिंचाइ
सुशील कोइरालाको मन्त्रिपरिषद २०७०

सुशील कोइराला प्रधानमन्त्री
बामदेव गौतम उपप्रधानमन्त्री, गृह
प्रकाशमान सिंह उपप्रधानमन्त्री, स्थानीय विकास
रामशरण महत अर्थ
विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात
नरहरि आचार्य कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला
महेश आचार्य वन तथा भू संरक्षण
चित्रलेखा यादव शिक्षा
डा. मिनेन्द्र रिजाल सूचना तथा सञ्चार
राधा ज्ञवाली ऊर्जा
नारायण प्रकाश साउद सिँचाइ
डा.नारायण खड्का सहरी विकास
महेन्द्रबहादुर पाण्डे परराष्ट्र
खगराज अधिकारी स्वास्थ्य तथा जनसङ्ख्या
भीमप्रसाद आचार्य संस्कृति, पर्यटन तथा नागरिक उयन
लालबाबु पण्डित सामान्य प्रशासन
दलबहादुर राना भूमिसुधार तथा व्यवस्था
कर्णबहादुर थापा उद्योग
हरिप्रसाद पराजुली कृषि विकास
पुरुषोत्तम पौडेल युवा तथा खेलकुद
सुनीलबहादुर थापा वाणिज्य तथा आपूर्ति
निलम केसी (खड्का_ महिला तथा समाजकल्याण
टेकबहादुर गुरूङ श्रम तथा रोजगार राज्यमन्त्री
गिरीबहादुर केसी वाणिज्य तथा आपूर्ति राज्यमन्त्री

केपी ओलीको मन्त्रिपरिषद २०७२

खड्गप्रसाद शर्मा ओली – प्रधानमन्त्री
बिजयकुमार गच्छदार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात
कमल थापा – उपप्रधानमन्त्री, परराष्ट्र
टोपबहादुर रायमाझी – उपप्रधानमन्त्री, उर्जा
भीमबहादुर रावल उपप्रधानमन्त्री, रक्षा
सीपी मैनाली उपप्रधानमन्त्री, महिला, बालबालिका तथा समाज कल्याण
चित्रवहादुर के.सी. उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारण
विष्णुप्रसाद पौडेल – अर्थ
गिरीराजमणि पोखरेल शिक्षा
अग्निप्रसाद सापकोटा वन तथा भूसंरक्षण
शक्तिबहादुर बस्नेत गृह
एकनाथ ढकाल शान्ति तथा पुनर्निर्माण
अग्निप्रसाद खरेल कानुन, न्याय तथा संसदीय मामिला
सोमप्रसाद पाण्डे उद्योग
सत्यनारायण मण्डल युवा तथा खेलकुद
हरिबोल गजुरेल कृषि विकास
रामकुमार सुब्बा भूमिसुधार तथा व्यवस्था
रामजनम चौधरी स्वास्थ्य तथा जनसङ्ख्या
रेखा शर्मा सामान्य प्रशासन
गणेशमान पुन वाणिज्य तथा आपूर्ति
उमेश यादव सिञ्चाई
शेरधन राई सूचना तथा सञ्चार प्रविधि
शान्ता मानवी पशुपंक्षी विकास
विसेन्द्र पासवान विज्ञान प्रविधि र वातावरण
आनन्दप्रसाद पोखरेल – संस्कृति पर्यटन तथा नागरिक उड्ययान
मेघराज नेपाली – उद्योग राज्यमन्त्री
मो मुस्ताक आलम स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री
शिवलाल थापा विज्ञान तथा प्रविधि माननीय राज्यमन्त्री
विक्रमबहादुर थापा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
कुन्तीकुमारी शाही सङ्‌घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
दिनेशचन्द्र यादव खानेपानी तथा सरसफाई राज्यमन्त्री
दामोदर भण्डारी – अर्थ राज्यमन्त्री
बलबहादुर महत संस्कृति, पर्यटन तथा नागरिक उयन राज्यमन्त्री
नरदेवी पुन मगर पशु विकास राज्यमन्त्री
मञ्जुकुमारी चौधरी सहरी विकास राज्यमन्त्री
दिपनारायण साह शान्ति तथा पुननिर्माण राज्यमन्त्री
दिनेश श्रेष्ठ भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री
विराज विष्ट सङ्‌घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री

प्रचण्डको मन्त्रिपरिषद २०७३

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री

विमलेन्द्र निधि उपप्रधानमन्त्री गृह
कृष्णबहादुर महरा उपप्रधानमन्त्री अर्थ
अर्जुननरसिंह केसी सहरी विकास
रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात
जनार्दन शर्मा ऊर्जा
डा. प्रकाशशरण महत परराष्ट्र
बालकृष्ण खाँण रक्षा
दीपक बोहरा आपूर्ति
सूर्यमान गुरुङ श्रम तथा रोजगार
गौरीशंकर चौधरी कृषि विकास
दलजित श्रीपाइली युवा तथा खेलकुद
विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था
जयदेव जोशी जनसङ्ख्या तथा वातावरण
हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास
सुरेन्द्रकुमार कार्की (राम कार्की) सूचना तथा सञ्चार
धनिराम पौडेल शिक्षा
अजयशंकर नायक कानुन, न्याय, तथा संसदीय मामिला
केशवकुमार वुढाथोकी सामान्य प्रशासन
रोमी गौचन थकाली वाणिज्य
सीतादेवी यादव शान्ति तथा पुननिर्माण
जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उयन
दीपक गिरी सिँचाइ
नवीन्द्रराज जोशी उद्योग
शंकर भण्डारी वन तथा भू संरक्षण
 गगनकुमार थापा स्वास्थ्य
हृदयराम थानी सहकारी तथा गरिबी निवारण
श्रीप्रसाद जवेगु सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
सत्यनारायण भगत ऊर्जा राज्यमन्त्री
राधिका तामाङ कृषि राज्यमन्त्री
धनमाया विक शिक्षा राज्यमन्त्री
दीर्घराज भाट वन तथा भू संरक्षण राज्यमन्त्री
सीताराम मेहता भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
तारामान गुरङ्ग स्वास्थ्य राज्यमन्त्री
सुरेन्द्रराज आचार्य सिँचाइ राज्यमन्त्री
सुवर्ण ज्वारचन वाणिज्य राज्यमन्त्री
इन्द्रबहादुर बानिया संस्कृति, पर्यटन तथा नागरिक उयन राज्यमन्त्री
दिलिप खवास गच्छदार श्रम तथा रोजगार राज्यमन्त्री
दिपक खड्का खानेपानी तथा सरसफाई राज्यमन्त्री
कन्चन चन्द्र बादे उद्योग राज्यमन्त्री
मिठु मल्ल सहरी विकास राज्यमन्त्री 

 शेरबहादुर देउवाको मन्त्रिपरिषद २०७४

शेरबहादुर देउवा प्रधानमन्त्री
विजयकुमार गच्छदार उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास
कमल थापा उपप्रधानमन्त्री, ऊर्जा
कृष्णबहादुर महरा उपप्रधानमन्त्री
गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री, शिक्षा
गिरिराजमणि पोखरेल विनाविभागीय
ज्ञानेन्द्रबहादुर कार्की अर्थ
फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
जनार्दन शर्मा विनाविभागीय
दीपक बोहरा स्वास्थ्य
प्रभु शाह विनाविभागीय
सुनीलबहादुर थापा उद्योग
जयन्त चन्द आपूर्ति
बिक्रम पाण्डे वन तथा भू संरक्षण
दिलनाथ गिरी सहरी विकास
जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उयन
गोपाल दहित भूमिसुधार तथा व्यवस्था
मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
रामकृष्ण यादव कृषि विकास
महेन्द्र यादव खानेपानी तथा सरसफाई
अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
मीनबहादुर विश्वकर्मा वाणिज्य
यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
भीमसेनदास प्रधान रक्षा
सञ्जयकुमार गौतम सिँचाइ
राजेन्द्रकुमार केसी – युवा तथा खेलकुद
टेकबहादुर बस्नेत विनाविभागीय
शिवकुमार मण्डल केवट विनाविभागीय
महेन्द्रबहादुर शाही विनाविभागीय
आशा कोइराला विनाविभागीय
सन्तकुमार थारु विनाविभागीय
मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण
विक्रमबहादुर थापा महिला, बालबालिका तथा समाजकल्याण
कुन्तीकुमारी शाही सहरी विकास राज्यमन्त्री
मोहम्मद जाकिर हुसेन विनाविभागीय राज्यमन्त्री
रामसिंह यादव विनाविभागीय राज्यमन्त्री
श्यामकुमार श्रेष्ठ विनाविभागीय राज्यमन्त्री
शम्भुलाल श्रेष्ठ विनाविभागीय राज्यमन्त्री
कर्णबहादुर बिक – विनाविभागीय राज्यमन्त्री
छमबहादुर गुरुङ विनाविभागीय राज्यमन्त्री
गोमा कुँवर विनाविभागीय राज्यमन्त्री
वाङदी शेर्पा विनाविभागीय राज्यमन्त्री
सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री
सरिता प्रसाई कृषि विकास राज्यमन्त्री
शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री
नरबहादुर चन्द वाणिज्य राज्यमन्त्री
अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई राज्यमन्त्री
तप्तबहादुर विष्ट सूचना तथा सञ्चार राज्यमन्त्री
अमरसिंह पुन सिँचाइ राज्यमन्त्री
दिलमान पाख्रिन कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री
उदयशम्सेर राणा अर्थ राज्यमन्त्री
डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार राज्यमन्त्री
तेजुलाल चौधरी युवा तथा खेलकुद राज्यमन्त्री
चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण राज्यमन्त्री
जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री
सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उयन राज्यमन्त्री
यसोदा कुमारी लामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री
रेशम लामा उद्योग राज्यमन्त्री
विराज विष्ट विज्ञान तथा प्रविधि राज्यमन्त्री
कमला देवी शर्मा वन तथा भू संरक्षण राज्यमन्त्री
भाष्कर भद्रा ऊर्जा राज्यमन्त्री
सुशीलकुमार श्रेष्ठ आपूर्ति राज्यमन्त्री
कान्ता भट्टराई महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री

केपी ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकार २०७४

केपी शर्मा ओली प्रधानमन्त्री
ईश्वर पोखरेल उपप्रधान तथा रक्षा
राम बहादुर थापा गृह
प्रदीपकुमार ज्ञवाली परराष्ट्र
वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाई
गिरीराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि
लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति
रघुबीर महासेठ भौतिक पूर्वाधार तथा यातायात, पछि परराष्ट्र
गोकर्ण विष्ट श्रम , रोजगार, तथा सामाजिक सुरक्षा
शक्तिबहादुर बस्नेत वन तथा वातावरण
लालबाबु पण्डित सङ्घीय मामिला तथा सामान्य प्रशासन
थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
डा. युवराज खतिवडा अर्थ
जगतबहादुर सुनार  – युवा तथा खेलकुद
रविन्द्रप्रसाद अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उयन
शेरबहादुर तामाङ – कानुन, न्याय, तथा संसदीय मामिला
चक्रपाणि खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी
बीना मगर खानेपानी
पद्माकुमारी अर्याल – स्वास्थ्य तथा जनसङ्ख्या
गोकुलप्रसाद बास्कोटा सञ्चार तथा सूचना प्रविधि
धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उयन
रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी
ओलीको करिब चार वर्षे शासनमा विभिन्न समयमा बनाइएका मन्त्रीहरु–
राजेन्द्र महतो– शहरी विकास
खगराज अधिकारी– गृह
कृष्णगोपाल श्रेष्ठ– शिक्षा
अनिलकुमार झा– खानेपानी
राजकिशोर यादव– उद्योग
बसन्तकुमार नेम्वाङ – भौतिक पूर्वाधार
नैनकला थापा– सूचना प्रविधि
लीलानाथ श्रेष्ठ– कानून
एकवाल मियाँ– खेलकूद
नारदमुनि राना– वन
गणेशकुमार पहाडी सामान्य प्रशासन
उमा शंकर अरगरिया– पर्यटन
चन्दा चौधरी– महिला
विमल प्रसाद श्रीवास्तव – श्रम
लक्ष्मण लाल कर्ण– भूमि व्यवस्था
मोहन कुमार बानियाँ– प्रम कार्यालय
चन्द्रकान्त चौधरी– उर्जा राज्यमन्त्री
रेणुका गुरुङ– महिला राज्यमन्त्री
आशाकुमारी बिक– वन राज्यमन्त्री
देउवा मन्त्रिपरिषद, २०७८
शेरबहादुर देउवा प्रधानमन्त्री
बालकृष्ण खाँड गृहमन्त्री
ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि
पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ
राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीलय मामिला तथा सामान्य प्रशासन
विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या
जनार्दन शर्मा अर्थ
मिनेन्द्र प्रसाद रिजाल रक्षा
उमाकान्त चौधरी खानेपानी तथा सरसफाई
नारायण खड्का परराष्ट्र
रेणु यादव भौतिक योजना तथा निर्माण
प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उयन
ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला
दिलेन्द्र प्रसाद बडू –
देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
महेन्द्र यादव कृषि तथा पशुपंक्षी विकास
उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रामकुमारी झाँक्री सहरी विकास मन्त्री
गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति
रामसहाय यादव वन तथा वातावरण
कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा
महेश्वर जङ्ग गहतराज युवा तथा खेलकुद
उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री
भवानीप्रसाद खापुङ शिक्षा, राज्यमन्त्री

प्रचण्ड मन्त्रिपरिषद २०७९ (एमाले र रास्वपासँगको सहकार्य)

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री
रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्र
रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह
उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ
वर्षमान पुन अर्थ
शक्ति बहादुर बस्नेत उर्जा
भानुभक्त जोशी सामान्य प्रशासन
हितबहादुर तामाङ पर्यटन
रेखा शर्मा सूचना प्रविधि
पदम गिरी कानून
ज्वालाकुमारी साह कृषि
बलराम अधिकारी भूमि व्यवस्था
दामोदार भण्डारी उद्योग
भगवती चौधरी महिला तथा वालवालिका
राजेन्द्रकुमार राई खानेपानी
हरिप्रसाद उप्रेती रक्षा
धन बहादुर बुढा सहरी विकास
डोल प्रसाद अर्याल श्रम
सुमना श्रेष्ठ शिक्षा
विराज भक्त श्रेष्ठ युवा तथा खेलकूद
नवलकिसोर साह सुडी वन तथा वातावरण
दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री
तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री
९राप्रपाका मन्त्रीहरु०–
राजेन्द्रप्रसाद लिंगदेन उपप्रधानमन्त्री तथा उर्जा
विक्रम पाण्डे शहरी विकास
ध्रुवबहादुर प्रधान कानून
दीपकबहादुर सिंह उर्जा तथा जलस्रोत राज्यमन्त्री 

प्रचण्ड मन्त्रिपरिषद २०७९ (नेपाली कांग्रेस र जसपा लगायतसँगको सहकार्य)

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री
पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षा
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा गृह
बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास
धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला
अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा
प्रकाशशरण महत अर्थ
महिन्द्र राय यादव खानेपानी
शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाई
नारायण प्रकाश साउद परराष्ट्र
रेखा शर्मा सञ्चाार तथा सूचना प्रविधि
मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्‌ख्या
सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उयन
प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात
रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति
सीता गुरूङ सहरी विकास
 डिगबहादुर लिम्वु युवा तथा खेलकुद
सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण
अनिता देवी सङ्घीय मामिला तथा सामान्य प्रशासन
सुशीला सिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री
नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री 

एमाले कांग्रेस संयुक्त सरकार २०८१

 केपी शर्मा ओली प्रधानमन्त्री
प्रकाशमान सिंह  उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल– उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि तथा सञ्चार
रमेश लेखक – गृह
आरजु राणा देउवा– परराष्ट्र
 देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
शरतसिंह भण्डारी– श्रम तथा रोजगार
नवलकिशोर साह सुडी– महिला बालबालिका
बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारी
दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्ति
 तेजुलाल चौधरी– युवा तथा खेलकुद
प्रदीप यादव– खानेपानी
प्रदीप पौडेल– स्वास्थ्य
अजय चौरसिया– कानुन न्याय तथा संसदीय मामिला
बद्रीप्रसाद पाण्डे– पर्यटन
रामनाथ अधिकारी– कृषि
 विद्या भट्टराई– शिक्षा विज्ञान तथा प्रविधि
मानवीर राई– रक्षा
दीपक खड्का – जलस्रोत तथा ऊर्जा
राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही ठकुरी– वन तथा वातावरण
रघुजी पन्त– शिक्षा विद्या भट्टराईको ठाउँमा)

सुशीला कार्की सरकार २०८२

सुशीला कार्की– प्रधानमन्त्री
रामेश्वर प्रसाद खनाल– अर्थ, सामान्य प्रशासन
कुलमान घिसिङ– उर्जा, भौतिक पूर्वाधार, शहरी विकास
ओमप्रकाश अर्याल– गृह
अनिल कुमार सिन्हा– उद्योग, कानून, पर्यटन
महावीर पुन– शिक्षा
मदनप्रसाद परियार – कृषि
जगदीश खरेल– सञ्चार तथा सूचना प्रविधि
 सुधा गौतम– स्वास्थ्य
बब्लु गुप्ता– युवा तथा खेलकूद
कुमार इङनाम– भूमि व्यवस्था
राजेन्द्रसिंह भण्डारी– श्रम
माधवप्रसाद चौलागाई– वन
श्रद्धा श्रेष्ठ– महिला
बालानन्द शर्मा  परराष्ट्र 

बालेन मन्त्रिपरिषद् २०८२
बालेन्द्र शाहः प्रधानमन्त्री तथा रक्षा मन्त्री

अर्थ: स्वर्णिम वाग्ले
गृह: सुधन गुरुङ
परराष्ट्र: शिशिर खनाल
संस्कृति, पर्यटन तथा नागरिक उयन: खडकराज पौडेल गणेश)
ऊर्जा, जलस्रोत: विराजभक्त श्रेष्ठ
शिक्षा: सस्मित पोखरेल
सूचना, सञ्चार: बिक्रम तिमिल्सिना
भौतिक पूर्वाधारः सुनील लम्साल
सामान्य प्रशासन: प्रतिभा रावल
कानुन: सोविता गौतम
श्रम: दीपक साह
श्रमः रामजी यादव दिपक शाहलाई वर्खास्त गरिएपछि)
उद्योग: गौरीकुमारी यादव
स्वास्थ्य: निशा मेहता
कृषि तथा सहकारी र वन: गीता चौधरी
महिला, बालबालिका: सीता बादी




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।