मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक, बालेनकी श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी

Apr 12, 2026 08:10 PM Merolagani



सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।आइतबार सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् ।

मन्त्रिपरिषदमा पेस सम्पत्ति विवरण अनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन् । उनले श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी रहेको विवरण उपलब्ध गराएका छन् ।

यस्तै महोत्तरीमा पैतृक सम्पत्तिअन्तर्गत नौ बिघा जग्गा रहेको विवरण छ । यस्तै काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख गरिएको छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।