५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भिभो V70 नेपाली बजारमा सार्वजनिक

Apr 07, 2026 05:15 PM Merolagani



भिभोले चर्चित 'भी' सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो V70 नेपाली बजारमा सार्वजनिक गरेको छ।  उच्च गुणस्तरको पोर्ट्रेट फोटोग्राफी र टाढाको दृश्य स्पष्टसँग कैद गर्न सकिने गरी डिजाइन गरिएको यो स्मार्टफोनमा ५० मेगापिक्सेलको जाइस (ZEISS) सुपर टेलिफोटो क्यामेरा जडान गरिएको छ।

एआई स्टेज मोडको सहायताले १ गुणादेखि २० गुणासम्मको जुममा पनि उत्कृष्ट विवरण र स्पष्टता कायम राख्न सकिने कम्पनीले दाबी गरेको छ। यसमा पहिलो पटक फाेरके @ ६० एफपिएस भिडियो रेकर्डिङ सुविधा पनि उपलब्ध छ।

फोनको निर्माणमा एयरोस्पेस-ग्रेड ६-सिरिज एल्युमिनियम एलोय फ्रेमको प्रयोग गरिएको छ, जसले यसलाई बलियो र खिया प्रतिरोधी बनाउँछ। आधुनिक डिजाइनसहितको यो फोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रङ्गमा उपलब्ध हुनेछ। यसमा १.५के अल्ट्रा क्लियर ओएलइडी डिस्प्लेसँगै १२० हर्ज रिफ्रेस रेट राखिएको छ, जसले प्रयोगकर्तालाई सहज र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ। ६५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री र ९० वाटको फ्ल्यासचार्ज प्रविधिले यसलाई लामो समयसम्म प्रयोग गर्न मिल्ने बनाएको छ।  IP68 र IP69 रेटिङका कारण यो धुलो र पानीबाट पनि सुरक्षित छ।

कम्पनीका अनुसार भिभो V70 देशभरका आधिकारिक विक्रेता र दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ। दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध यो स्मार्टफोनका लागि कम्पनीले विभिन्न आकर्षक अफरहरू पनि ल्याएको छ। पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क प्राप्त गर्नेछन् भने पहिलो २,००० ग्राहकले ६ महिनासम्मका लागि एक पटकको स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा पाउनेछन्। यसबाहेक, ४ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने मौका पाउनेछन् भने ग्राहकले १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामा पनि यो फोन खरिद गर्न सक्नेछन्।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।