सुनचाँदीको मूल्यमा भारि वृद्धि

Apr 08, 2026 10:51 AM Merolagani



चैत २५ गते, बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यसदिन सुन प्रतितोला सात हजार २०० रुपैयाँ र चाँदी तोलामा २०४ रुपैयाँले बढेको हो। सुनचाँदीको मूल्य निरन्तर दोस्रो दिन बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।