सुनचाँदीको मूल्य बढ्यो

Apr 10, 2026 10:46 AM Merolagani



चैत २७ गते, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।