प्रि ओपन सेसन अपडेटः साढे २ अंक घट्यो नेप्से

May 20, 2026 10:54 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६६ अंक घटेर २७२१.७२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको ६९ पटकको कारोबारमा १ करोड ७१ लाख ९३ हजार ६९५ रुपैयाँ ५० पैसाबराबरको १३ लाख २७ हजार ७६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।