प्रि ओपन सेसन अपडेटः साढे ७ अंक बढ्यो नेप्से

May 21, 2026 10:54 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.६९ अंक बढेर २७६२.१७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५४ स्टकको ८५ पटकको कारोबारमा २७ लाख ३० हजार ५७५ रुपैयाँबराबरको ५ हजार ३७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।