नेशनल हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, प्रस्ताव यस्ता छन्

Jun 18, 2026 08:18 AM Merolagani



नेशनल हाइड्रोपावर (NHPC) ले आफ्नो २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते आयोजना गर्न भएको छ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा बिहान ११ बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा बस्नेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव रहेको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा एक महिला सहित सात जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

साधारण सभामा सहभागी हुन असार १६ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बुक क्लोज) गरिने भएको छ। असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्।

सभामा उपस्थित हुन नसक्ने शेयरधनीहरूले कम्पनीले तोकेको ढाँचामा प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीले साधारणसभासम्बन्धी थप जानकारी आफ्नो वेबसाइट तथा कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।