लगानीमैत्री कानुन निर्माणको तयारीमा पूर्वाधार समितिः वान विन्डो र मुनाफा फिर्तामा नयाँ बहस

Aug 25, 2026 11:27 AM Merolagani



नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउन बाधक देखिएका पुराना ऐन र प्रक्रियागत झन्झट फेर्न संसदीय समितिले नयाँ बहस सुरु गरेको छ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले लगानी सहजीकरणका लागि आवश्यक कानुनी सुधारका बुँदाहरू पहिचान गर्न सरोकारवाला निकायहरूसँग औपचारिक सुझाव माग गरेको हो।

समितिको पछिल्लो निर्णयले विशेषगरी विदेशी र स्वदेशी लगानीकर्ताले झेल्दै आएको नाफा फिर्ता लैजानेर पुनः लगानीका जटिलतालाई सम्बोधन गर्ने संकेत गरेको छ। समितिले निजी क्षेत्रका चार ठूला संस्था र लगानी बोर्डलाई पत्र लेख्दै १५ दिनभित्र व्यावहारिक समाधानका उपायसहितको लिखित सुझाव दिन भनेको छ।

 

'हामी समस्या मात्र सुन्न चाहँदैनौ समाधानका स्पष्ट बाटाहरू पनि खोजिरहेका छौँ,' सभापति आशिष गजुरेलले बैठकमा भने। समितिले कर्मचारीतन्त्रको रेड–ट्यापिज्म (रातो फित्ताशाही) हटाउन र एकद्वार प्रणालीलाई कागजमा मात्र नभई व्यवहारमा लागू गर्न के गर्नुपर्छ भन्नेमा विशेष जोड दिएको छ। यो पहलले आगामी दिनमा लगानीमैत्री ऐन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।