सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Aug 26, 2026 11:03 AM Merolagani



भदौ १० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदी मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।