हिमालयन बैंकको अध्यक्षमा पूर्व-मुख्यसचिव अर्याल नियुक्त

Aug 30, 2026 03:35 PM Nerolagani



हिमालयन बैंक (HBL) को अध्यक्षमा पूर्वमुख्य सचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको प्रशासनिक सेवामा लामो अनुभव हासिल गरेका अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनले नेपाल सरकारको मुख्यसचिवका रूपमा समेत काम गरिसकेका छन्।

बैंकको सञ्चालक समितिको बैठकले यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ । 

 




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।