प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

Sep 02, 2026 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५६ अंक बढेर २५२४.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ स्टकको ५६ पटकको कारोबारमा १० लाख १९ हजार २२६ रुपैयाँबराबरको १ हजार ७७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।