वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Oct 04, 2026 12:30 PM Merolagani



वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने सोही महानगरपालिका(२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ गल्छी गाउँपालिका-३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।

पक्राउ मध्ये गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका-२९ बाट र निलकण्ठलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।