बोका किनबेचमा नक्कली नोट कारोबारको आरोपमा दुईजना पक्राउ

Oct 07, 2026 06:31 AM RSS



ओखलढुंगाको सुनकोसी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार, चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूले सुनकोशी–९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा २८ हजारको कारोबार गरेका थिए ।

सो क्रममा दुवै जनाले १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महर्जनले बताए ।

प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।