एनआईसी एशियाको बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

May 20, 2018 Merolagani



एनआईसी एशिया बैंकले जेठ ३ गतेदेखि बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा बैंकले सातौ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा सो सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका थिए भने घटाल ब्रह्रादेव जनरल स्टोर (प्रोप्राईटरः कलक बहादुर रोकाया) लाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवामा ग्राहकले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । बैंकका देशभर २१२ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

११ लाख ५० हजार ग्राहक संख्या रहेको बैंकको एक खर्ब ५९ अर्ब भन्दा बढि वासलातको आकार पुगेको बैंकको कुल कर्जा एक खर्ब १० अर्ब र कुल निक्षेप एक खर्ब ३४ अर्ब पुगिसकेको बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।