ग्लोबल आइएमईको ८४औं शाखारहित बैंकिङ्ग मुनुवामा

May 22, 2018 Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले जेठ ८ गते मंगलबारदेखि कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । अनुप कुमार रावतलाई शाखारहित बैकिङ्ग सेवाको स्थानिय व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकका १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि-सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।