आम्दानी बढेपछि सिटि होटलको नोक्सानी घट्यो

May 13, 2024 06:46 AM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलले १५ करोड ३७ रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो होटल २१ करोड ६१ लाख रुपैयाँ नोक्सानीमा थियो।

होटलको आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १३.१५ प्रतिशत बढेको छ। त्यस्तै, होटलको कुल आम्दानी २२.९३ प्रतिशत बढेको छ भने कुल खर्च १७.७२ प्रतिशत बढेको छ। होटलको वित्तीय खर्च समीक्षा अवधिमा ३.११ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा रहेको छ।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ९ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।