नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 12, 2025 06:41 AM Merolagani



जेठ २९ गते, बिहीबार, नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ ३० गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० कित्ता साधारण शेयर बराबर नयाँ ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।