जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 19, 2025 06:18 AM Merolagani



असार ५ गते, बिहीबार, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते, आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। अर्थात कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।