सिंगटी हाइड्रोले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद निष्काशन गर्ने

Nov 25, 2025 10:38 AM Merolagani



सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सो बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले गरेको छ। सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पनि पेश गरिनेछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।