कुथेली बुखरीको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा भने सामान्य घट्यो

Feb 11, 2026 08:44 AM Merolagani



कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्यघटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ करोड ९४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ९० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.९५ प्रतिशत घटेर ८३ लाख २० हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको

कुल नाफा ४.७८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.६५ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसा घटेर १२ रुपैयाँ ४१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३२.९२ गुणा रहेको छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।