गत साता करिब १३ अंक बढेको नेप्से, यस साता के होला?

Mar 01, 2026 06:32 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १३ अंक बढेको छ। अघिल्लो साता २६४२.१५ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.४८ प्रतिशत अर्थात १२.७८ अंक बढेर २६५४.९३ विन्दुमा बन्द भएको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।

 

प्रतिरोध परीक्षण

गत साता नेप्से परिसूचक प्रतिरोध परीक्षणमा देखिएको छ। अघिल्लो साता टेवा क्षेत्र रहेको २६४५ देखि २६९० को क्षेत्र, हालका लागि प्रतिरोध क्षेत्र बनेको छ। गत साता नेप्सेले सो प्रतिरोध क्षेत्र परीक्षण गरेको हो। आगामी दिनमा नेप्से ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध तोडेर उकालो लागेमा भने २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले छोटो टुप्पी र लामो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ९३ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ८५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४४.२९ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुबै रेखाहरु र हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेका छन्। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी र हिस्टोग्रामको उचाई दुबै घट्दो क्रममा रहेको छ।

बिक्रीचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।