स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सोलु हाइड्रोपावरको पहिलो कारोबार?

Mar 15, 2026 10:46 AM Merolagani



चैत १ गते, स्पेशल प्रि ओसन सेसनमा सोलु हाइड्रोपावर (SOHL) को शेयर पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत फागुन २८ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता शेयर गरी कुल १० करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियाे। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई एसओएचएल स्टक टिकर प्रदान गरेको छ।

 



मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।