स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सूर्यकुण्ड हाइड्रो र रिज लाइन इनर्जीको पहिलो कारोबार?

Mar 29, 2026 10:51 AM Merolagani



चैत १५ गते, स्पेशल प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक (SKHEL) र रिज लाइन इनर्जी को शेयर पहिलो कारोबार भएको छ। यस दिन सूर्यकुण्डको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

सूर्यकुण्डको शेयर गत चैत १२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको कुल कित्ता शेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो।

त्यस्तै, गत चैत १२ गते स्पेशल प्रि ओपन सेसनमा प्राविधिक समस्याका कारण ३० रुपैयाँमा पहिलो कारोबार भएको रिज लाइन (RLEL) को शेयर, यस दिन ३०० रुपैयाँमा कारोबार भएको हो।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।