सुजुकीले नेपालमा ल्यायो पहिलो इलेक्ट्रिक कार ‘ई भितारा’

Mar 25, 2026 01:50 PM merolagani



सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’ नेपाली बजारमा भित्रिनुअघि नै बुकिङ खुला गरिएको छ।

नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले उक्त गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

कम्पनीका अनुसार छिट्टै बजारमा ल्याउने तयारीसहित बुकिङ सुरु गरिएको हो। ई–भिटाराको लम्बाइ ४.२ मिटर, ह्वीलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ। यसमा ४९ किलोवाट–आवर र ६१ किलोवाट–आवर क्षमताका दुई प्रकारका ब्याट्री विकल्प दिइएको छ, जसले फुल चार्जमा करिब ५०० किलोमिटरसम्मको दुरी तय गर्न सक्ने बताइएको छ।

भित्री संरचनातर्फ प्रिमियम डिजाइनसहित १०.१ इन्चको इन्फोटेनमेन्ट प्रणाली, एलईडी डे–टाइम रनिङ लाइट, १९ इन्च एलोय ह्वील, भेन्टिलेटेड सिट, फग ल्याम्प, एलईडी हेडलाइट र सनरुफ जस्ता सुविधा छन्।

सुरक्षाका लागि एडास लेभल–२ प्रणाली, ३६० डिग्री क्यामेरा, अगाडि–पछाडि पार्किङ सेन्सर, ६ वटा एयरब्याग, एबीएस अटो होल्ड र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता विशेषता राखिएका छन्।

डुअल टोन क्याबिन, डिजिटल चालक प्रदर्शन प्रणाली र दुई–स्पोक स्टेरिङ ह्वीलले यसको भित्री भागलाई थप आधुनिक बनाएको छ। साथै वायरलेस चार्जर, एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता कनेक्टिभिटी सुविधा पनि उपलब्ध छन्।

यो गाडी टोयोटासँगको सहकार्यमा विकास गरिएको हो, जहाँ दुवै कम्पनीले ब्याट्रीबाट चल्ने सवारी साधनका लागि साझा प्लेटफर्म प्रयोग गरेका छन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।