जीवन बीमा व्यवसायमा उत्साह, फागुनसम्म कुल बीमा शुल्क १४.७३ प्रतिशतले बढ्यो

Mar 25, 2026 06:22 PM Merolagani



नेपालका जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूले संकलन गर्ने कुल बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७३ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष फागुनसम्म १० अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्ष सोही अवधिमा बढेर १२ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ।

नेपाल लाइफको बजारमा वर्चस्व

कुल बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो अग्रता कायमै राखेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब २९ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१७ प्रतिशतको वृद्धि हो।

 

त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड र तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले १ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

राष्ट्रिय जीवन बीमा कम्पनीको लोभलाग्दो वृद्धि

प्रतिशतका आधारमा सबैभन्दा धेरै वृद्धि राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले गरेको छ। यस कम्पनीको व्यवसाय ९५.१९ प्रतिशतले बढेको देखिन्छ। गत वर्ष ४४ करोड ७९ लाख रुपैयाँ संकलन गरेको यस कम्पनीले यस वर्ष फागुनसम्म ८७ करोड ४३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ।यसैगरी आइएमई लाइफले ३०.३५ प्रतिशत र रिलायबल नेपाल लाइफले २३.०८ प्रतिशतको उत्साहजनक वृद्धि हासिल गरेका छन्।

समग्रमा, आर्थिक सुस्तताका बाबजुद बीमा क्षेत्रमा देखिएको यो वृद्धिले सर्वसाधारणमा बीमाप्रतिको विश्वास र पहुँच बढ्दै गएको संकेत गरेको छ। सबैभन्दा कम वृद्धि सन नेपाल लाइफको ३.६७ प्रतिशत रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।