नवनियुक्त प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

Mar 27, 2026 02:44 PM merolagani



नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले बधाइ व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘श्री बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई।’

मोदीले नेपाल भारत दुई देशको आपसरी मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन आफुले सहयोगी भूमिका खेल्ने बताए । ‘तपाईंको यो नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्‍याउन म तपाईंसँग निकट रहेर काम गर्न उत्सुक छु,’ उनले लेखेका छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।