सुन र चाँदीको मूल्य बढ्यो

Mar 29, 2026 11:12 AM Merolagani



चैत १५ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यसदिन बजारमा चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।