भारत आउँदै गरेको इरानी विमानमाथि अमेरिकी हमला

Mar 31, 2026 12:35 PM merolagani



भारतका लागि उडान भर्दै गरेको मानवीय मिसनको विमानमाथि अमेरिकी हवाई हमला भएपछि इरान आक्रोशित बनेको छ । क्षतिग्रस्त विमानले भारतबाट औषधिलगायत ११ टन मानवीय सहायता सामग्री इरान लैजानुपर्ने थियो ।

भारतस्थित इरानी दूतावासले सिभिल एभिएसन अर्गनाइजेसनका नियमहरूअनुसार मानवीय मिसनमा खटिएका नागरिक विमानहरूलाई निसाना बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ । दूतावासले भनेको छ, 'औषधि र चिकित्सा उपकरण बोकेको यस इरानी विमानमाथि हमला गर्नु युद्ध अपराध हो ।' उक्त विमान अप्रिल १ को बिहान ४ बजे नयाँदिल्ली आइपुग्ने तालिका थियो ।

दूतावासले अमेरिकाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा कारबाहीको माग गरेको छ । र, भविष्यमा यस्ता घटनाहरू नदोहोरिने सुनिश्चित गर्नुपर्ने बताएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।