एमाले संसदीय दलको बैठक शुरु, सडकसँगै सदन तताउने

Apr 01, 2026 12:12 PM merolagani



पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।

त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भुमिकाको विषयमा पनि छलफल हुनेछ । संघीय संसद बैठक भोली बिहीवार अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल दलका नेता बन्ने करिव टुंगो लागेको छ । एमाले निर्वाचन २५ सिट जितेको थियो ।

एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानूनी रुपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।

त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेण्डा सो बैठकले गर्ने बताइएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।