इरान युद्ध अन्त्य हुने ट्रम्पको दाबीपछि एसियाली शेयर बजारमा उछाल

Apr 01, 2026 01:47 PM Merolagani



ओसमन्ड चिया (बिबिसी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देखि तीन हप्ताभित्र इरानबाट बाहिरिने बताएका छन्। तेहरानसँग सम्झौता भए पनि वा नभए पनि अमेरिका बाहिरिने ट्रम्पको दाबीपछि बुधवार एसियाली शेयर बजार बढेको छ।

दिउँसोको कारोबारमा जापानको निक्केई २२५ सूचकांक (Index) ४.९ प्रतिशतले बढेको छ। यस्तै, दक्षिण कोरियाको कोस्पी (Kospi) ८.६ प्रतिशतले उकालो लागेको छ। यद्यपि, दुवै सूचकांक अझै पनि २८ फेब्रुअरीमा इरान युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा कम विन्दुमै छन्।

जुन महिनाका लागि ब्रेन्ट कच्चा तेलको (Crude Oil) मूल्य एक प्रतिशतले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रति ब्यारेल १०३ डलरमा कारोबार भइरहेको छ। मार्च महिनामा तेलको मूल्य ६४ प्रतिशतले बढेको थियो। इरानले हर्मुज जलडमरूमध्य (Strait of Hormuz) प्रयोग गर्ने जहाजमा आक्रमण गर्ने धम्की दिएपछि ढुवानी मार्ग प्रभावित भएको थियो।

राष्ट्रपति ट्रम्पले इरानले सम्झौताका लागि 'बिन्ती गरिरहेको' बताएका छन्। उनले सम्झौता भए पनि वा नभए पनि अमेरिकाको बाहिरिने समय तालिका परिवर्तन नहुने उल्लेख गरे। यता इरानका राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको बताएका छन्। पेजेश्कियानले भविष्यमा हुने आक्रमण रोक्न निश्चित ग्यारेन्टी (Guarantee) हुनुपर्ने माग गरेका छन्।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निकोलस डाहेरका अनुसार मार्चमा भएको तेलको मूल्य वृद्धि सन् १९९० पछिकै ठुलो हो। खाडी देशहरूबाट तेल आपूर्ति अवरुद्ध हुने डरले ऊर्जाको लागत बढेको डाहेरले बताए।

यसैबिच, स्याक्सो बैंकका ओले हान्सेनले विश्वभर जेट इन्धन र डिजेलको अभाव भएकाले प्रशोधनकर्ताहरूले कच्चा तेलका लागि बढी बोलकबोल गरिरहेको जानकारी दिए। मध्यपूर्वमा द्वन्द्व अझै जारी छ। इजरायली सेनाले मंगलबार लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको छ।

ऊर्जाका लागि मध्यपूर्वमा निर्भर रहेका जापान र दक्षिण कोरिया यो द्वन्द्वबाट बढी प्रभावित भएका छन्। ट्रम्पले बुधवार साँझ युद्धका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।