संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु

Apr 01, 2026 02:09 PM Merolagani



संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले (भोलि) बिहीवार अपरान्ह २ बजेट संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरु सहभागी भएका छन् । नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्नेछ ।

संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३७ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम सँस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरु नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरु हुन् ।

बिहीवार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा बुधवार (आज) संघीय संसद सचिवालयले सो बैठक बोलाएको हो । बैठकमा सरकारका प्रतिनिधिहरु पनि सहभागी भएका छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।