ललितपुरबाट ९ लाख रुपैयाँ सहित २१ जना जुवाडे पक्राउ

Apr 02, 2026 09:37 AM Merolagani



ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ स्थित चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवा खालबाट ९ लाख ७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

ग्रिन सिटी भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले कौडा खेलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति जुवाखालबाट पक्राउ परेका आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिहरेको छ ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।