सञ्जीवनी लघुवित्त ‘समस्याग्रस्त’ सूचीबाट फुकुवा, नियमित कारोबार गर्न राष्ट्र बैंकको अनुमति

Apr 02, 2026 11:33 AM Merolagani



नेपाल राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको सुपर लघुवित्त वित्तीय संस्था लि.) लाई समस्याग्रस्त संस्थाको सूचीबाट फुकुवा गरेको छ ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको यस संस्थालाई राष्ट्र बैंकले नियमित वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले आज (२०८२ चैत १९ गते) एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

 
राष्ट्र बैंकको २०८२ चैत ५ गतेको निर्णयानुसार यस संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्ने निर्णय गरिएको हो । यसअघि, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को विभिन्न खण्डहरू बमोजिमका व्यवस्थाहरू पालना नगरेको र संस्थाको वित्तीय अवस्था नाजुक देखिएको भन्दै राष्ट्र बैंकले २०७९ भदौ २२ गते सार्वजनिक सूचना जारी गरी यस संस्थालाई ‘समस्याग्रस्त वित्तीय संस्था’ घोषणा गरेको थियो ।
 
लामो समयको सुपरिवेक्षण र सुधारका प्रक्रियापश्चात् संस्थाले पुनरागमन गरेको हो । अब यस संस्थाले अन्य लघुवित्त सरह सर्वसाधारणसँग नियमित वित्तीय कारोबार, निक्षेप संकलन र कर्जा प्रवाह गर्न पाउनेछ । पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका चुनौतीहरूका बीच एउटा समस्याग्रस्त संस्था सुधारिएर नियमित कारोबारमा फर्कनुलाई सकारात्मक रूपमा हेरिएको छ ।
 
 
 
 
 
 
 
 



शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।