एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए, युरोप–अमेरिकाबाट आउने पर्यटकको संख्यामा भने कमी

Apr 02, 2026 12:07 PM merolagani



एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन् ।

युरोप र अमेरिकाबाट आउने पर्यटक घटे

पर्यटन बोर्डको तथ्यांकअनुसार विकशित मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २० हजार ८ सय ७६ पर्यटक आएका छन् । यो प्रतिशत अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो । खासगरी समीक्षा अवधिमा बेलायत, फ्रान्स,जर्मनीबाट नेपाल आउने पर्यटकको संख्यामा ह्रास आएको छ ।

समीक्षा अवधिमा अमेरिकाबाट आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ ।

मध्यपूर्वमा देखिएको तनावले युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको तथ्यले देखाएको छ । यद्यपि एशियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ ।

सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ शुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ आगमन भएको देखिन्छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।