ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले

Apr 02, 2026 02:54 PM merolagani



पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाए । उनले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाए । उनले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गरे । उनले आन्दोलनको क्रममा एमाले सांसदहरु राज्य दमनबाट घाइते भएको उल्लेख गरे। उनले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराए।

उनले भने, ‘आज देशमा संविधानको खिलाप गतिविधिहरु भइरहेका छन् । संविधानमा हरेक नागरिकले सम्मानपूर्वक बाँच्न, पाउने र समानताको हक प्रदान गरेको छ । सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ ।’

उनले आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न समेत सरकारसँग माग गरे ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।