प्रि ओपन सेसन अपडेटः करिब साढे १५ अंक बढ्यो नेप्से

Apr 08, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.६१ अंक बढेर २७५७.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.४१ अंक बढेर २७७२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको ११४ पटकको कारोबारमा ५४ लाख ६४ हजार ९३८ रुपैयाँ ८० पैसाबराबरको १२ हजार ५३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।