प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Apr 13, 2026 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १३.४५ अंक बढेर २८३७.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९४ अंक बढेर २८४२.७३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १४० पटकको कारोबारमा ५६ लाख ५५ हजार ९१ रुपैयाँ ५० पैसाबराबरको ७ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।