प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Apr 17, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.१७ अंक बढेर २८३५.२१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०३ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५६ स्टकको १३१ पटकको कारोबारमा ३८ लाख ११ हजार ७६७ रुपैयाँ ७० पैसाबराबरको ९ हजार ७५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।