काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

Aug 02, 2026 08:40 AM RSS



काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपीजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो। उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व संकलन भएको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।