सिटिजन्स् बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Apr 03, 2018 Merolagani



सिटिजन्स् बैंक इन्टरनेसनल (CZBIL) ले कुलेश्वर माध्यमिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उस्थितिमा एक कार्यक्रम बिच एक लाख पचास हजारको चेक विद्यालयका प्राचार्य एस .के .नेपाललाई हस्तान्तरण गरिएको हो ।

बिद्यालयका प्राचार्य एस .के .नेपालले सहयोग रकम फर्निचर किन्नका लागि प्रयोग गरिने जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत भण्डारीले गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको उल्लेख गर्दे सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने बताए ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।