पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घट्यो

Feb 18, 2020 07:46 AM Merolagani



नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाइएको छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। निगमका अनुसार पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल र मट्टितेल समान ९७ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ रहेको थियो। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।