घुस रकमसहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

Apr 03, 2026 04:29 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित पक्राउ गरेको छ।

आयोगको टोलीले शुक्रबार बिहान मिथिला नगरपालिकाको लालगढबाट प्रहरी निरीक्षक वोकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

उनले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो–ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई दुःख हैरानी दिँदै सेवाग्राहीसँग रिसवत माग्ने गरेको आयोगले जनाएको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।