स्रोत नखुलेको नगद ८ लाख रूपैयाँ सहित २ जना पक्राउ

Apr 12, 2026 12:27 PM Merolagani



ब्रहम्पुरी गाउँपालिका-४, सर्लाहीबाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका-४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।