करिब २ सय २५ किलो गाँजा सहित दुई जना पक्राउ

Apr 15, 2026 03:16 PM Merolagani



बराहक्षेत्र नगरपालिका-६, सुनसरीको पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय बिशेष माझी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।