जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

Apr 13, 2026 05:23 PM Merolagani



भीमदत्त नगरपालिका-१८, कञ्चनपुर स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय पदम राज पन्तले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदम समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ४२ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।